logo
२०८१ बैशाख ११ मंगलवार



जिफानको अध्यक्षमा गुरुङ

मनोरञ्जन |


जिफानको अध्यक्षमा गुरुङ


सन्तोष सुवेदी
कास्की, चैत १४ गते । गुरुङ फिल्म एसोसियसन नेपाल जिफानको अध्यक्षमा गुञ्जबहादुर गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । एसोसियसनको प्रथम उपाध्यक्षमा सन्तोष कोन्मे गुरुङ, द्वितीय उपाध्यक्षमा प्रेमबहादुर गुरुङ, महासचिवमा तोलबहादुर गुरुङ, सचिवमा रमेश गुरुङ, कोषाध्यक्षमा अर्जुन गुरुङ चयन हुनुभयो ।

सदस्यहरुमा पुनम गुरुङ, काशीमाया गुरुङ, राजकुमार गुरुङ, टेकमान गुरुङ, विष्णुप्रसाद गुरुङ, तोलप्रसाद गुरुङ, ओमप्रकाश गुरुङ र महेन्द्र गुरुङ निर्वाचित हुनुभएको छ । संघ संस्था समन्वय विभाग प्रमुखमा कुविना गुरुङ, निर्माता निर्देशक विभाग प्रमुखमा आइतराम गुरुङ, भाषा संस्कृति विभाग प्रमुखमा खुसबहादुर गुरुङ र गीत संगीत विभागमा विवेक गुरुङ चयन हुनुभएको छ । प्रचार विभाग प्रमुखमा पवित्रा गुरुङ र महिला विभागमा प्रीति गुरुङ चयन हुनुभयो ।

गत असोज १६ गते आयोजना गरिएको ७ औँ राष्ट्रिय अधिवेशन अन्तर्गतको बन्दसत्र स्थगित भएर लामो समय रिक्त रहेको जिफानको नेतृत्वसहितको कार्यसमिति चयन भएको हो । २०६५ सालमा स्थापना भएको जिफानकोे हालसम्म माओत्से गुरुङ, वेदबहादुर गुरुङ श्याम, गिरीप्रसाद गुरुङ र भोजबहादुर गुरुङले नेतृत्व गरिसक्नुभएको छ । गुरुङ फिल्म एशोसिएसन नेपालको केन्द्रीय कार्यालय पोखरामा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?