logo
२०८१ बैशाख १२ बुधवार



क्षेत्रप्रताप साहित्य पुरस्कार कोईरालाई

कला |
प्रदेश |


क्षेत्रप्रताप साहित्य पुरस्कार कोईरालाई


अमरराज नहर्की
तनहुँ, चैत १९ गते । क्षेत्रप्रताप साहित्य स्मृति पुरस्कार –२०७८ वरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोइरालालाई दमौलीमा प्रदान गरिएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा आयोजित कार्यक्रममा उहाँलाई सो पुरस्कार अर्पण गरिएको हो ।

पुरस्कार छनोट समितिका संयोजक डिल्लीराम मिश्र श्रमजीवी, सदस्य एवं मञ्चका अध्यक्ष आकाश अधिकारी, कवि क्षेत्रप्रतापका सूपुत्र एवं पुरस्कारदाता अमनप्रताप अधिकारी, मञ्चका सल्लाहकार तथा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले महेश, पदेन सदस्य डा.वासुदेव त्रिपाठीले पुरस्कारको लागि कोईरालालाई छनोट गरेको थियो ।

कवि क्षेत्रप्रताप अधिकारीको स्मृति दिवसको अवसरमा शनिबार दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा विशेष समारोहबीच नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्त र गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारी, क्षेत्रप्रताप अधिकारीका सुपु्त्र अमनप्रताप अधिकारीले सयुक्त रुपमा प्रदान गर्नुभयो । सो अवसरमा सहित्यकार सरुभक्तले प्रतिभालाई सम्मान गर्ने कार्य सह्रानीय भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?