logo
२०८१ बैशाख १८ मंगलवार



बिस्का जात्रा सम्बन्धी तीनदिने फोटो प्रदर्शनी भृकुटीमण्डपमा शुरु

कला |


बिस्का जात्रा सम्बन्धी तीनदिने फोटो प्रदर्शनी भृकुटीमण्डपमा शुरु
फाइल फाेटाे – मध्यपुर थिमिकाे बिस्का जात्रा


काठमाडौं, चैत २२ गते । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका विभिन्न स्थानमा हुने गरेका लिच्छविकालीन बिस्का जात्रा सम्बन्धी तीनदिने फोटो प्रदर्शनी भृकुटीमण्डपमा मंगलबारदेखि शुरु भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमि नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा फोटो प्रदर्शनी भएको हो ।

भृृृृृृृृृृृृृृृृृृृृृृकुटीमण्डपमा आयोजित एक औपचारिक कार्यक्रममा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र मध्यपुर थिमि नगरपालिकाका मयेर मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
बिस्का जात्रा भनेपछि भक्तपुरको लिङ्गो जात्राको मात्र पहिचान सार्वजनिक भैरहेको अवस्थामा पत्रकार रत्नकाजी श्रेष्ठको प्रयासमा मध्यपुरथिमिको छुट्टै पहिचान बोकेको बिस्का र जिब्रो छेड्ने सिन्दुर जात्राको विषयका फोटोहरु प्रदर्शनीमा राखिएका छन् ।

विभिन्न समयमा उहाँले खिच्नुभएका करिब सयवटा फोटोहरु प्रदर्शनीमा राखेर थिमिको बिस्का जात्राको महत्वलाई उहाँले स्थापित गर्नु खोज्नुभएको छ ।
विक्रम सम्वत अनुसार चल्ने चैतको मसान्त र नयाँ वर्षपछि वैशाख २ गतेसम्म चल्ने तीन दिने २३ वटा खटजात्रासहितको बिस्का जात्राका विभिन्न संस्कृति, रहनसहन, परम्परा, खट जात्रा, पूजा, चिलाख, वलीप्रथा आदिबारे पत्रकार श्रेष्ठले प्रकाश पार्नुभएको छ ।

यस्तै, औपचारिक कार्यक्रममा बिस्का जात्रासम्बन्धी एक वृतचित्र पनि प्रर्दशन गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?