logo
२०८१ बैशाख २६ बुधवार



कोशी टप्पुको चित्रकलामा मंसुरी प्रथम

कला |
प्रदेश |


कोशी टप्पुको चित्रकलामा मंसुरी प्रथम


जयकृष्ण यादव
इनरुवा, चैत २२ गते । सुनसरीको कोशी गाउँपालिकामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । कोशी टप्पु बन्य जन्तु आरक्षको चित्रण गर्नेगरी मंगलबार बालबालिकाको बीचमा गाउँपालिकास्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको हो । चित्रकला प्रतियोगितामा राष्ट्रिय मावि सोभनपुरका एहसाम मंसुरी प्रथम हुनुभयो ।

कोशी जनता मावि हरिपुरका सुशमा यादव द्वितीय, मिथिला पब्लीक स्कूल लौकहीका विध्या साह तृतीय र कोशी मावि पश्चिम कुशाहाका दिपककुमार राम तथा राष्ट्रिय मावि भन्सारका हरिललाकुमार मण्डल सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।

प्रतियोगितहरुले विश्व रामसार सुचिमा सृचिकृत कोशी टप्पुको जैविक विविधता झल्किने तस्विरहरु चित्रकलामा प्रस्तुत गरेको आयोजक कोशी गाउँपालिकाका सामाजिक शाखा प्रमुख राजकिसोर मेहताले जानकारी दिनुभयो । विजयी प्रतियोगितहरुलाई नगद, पुरस्कार र प्रमाणपत्र कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले वितरण गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?