logo
२०८१ बैशाख १२ बुधवार



राष्ट्रिय लोकदोहोरी महोत्सव सुरु

कला |


राष्ट्रिय लोकदोहोरी महोत्सव सुरु


काठमाडौं, चैत २६ गते। ‘राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८’ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ। महोत्सव पाँच दिनसम्म चल्नेछ। महोत्सवलाई डीएआर मुभिज एण्ड फिल्मस् इण्डष्ट्रिजले आयोजना गरेको हो।

महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्नुभयो। उद्घाटन गर्दै उपराष्ट्रपति पुनले लोकगीतमा इतिहास, पीडा, परिस्थिति कलात्मक तरिकाले प्रस्तुति हुने भएकाले वास्तविक अभिव्यक्ति त्यहाँ मात्र पाइने उल्लेख गर्नुभयो।

उपराष्ट्रपति पुनले विभिन्न जातजाती, भूगोल, धर्म संस्कृतिमा गाइने लोकगीत संगीत देशको अमूल्य सम्पत्ति भएको बताउनुभयो। ‘कुनैबेला समुदाय विशेषका मेला, पाखा, वनजंगल, रोधी, चौतारी, विवाहलगायत विभिन्न उत्सवमा दोहोरी गीत गाउने चलन थियो’, उपराष्ट्रपति पुनले भन्नुभयो, ‘लोकदोहोरी आज गाउँबाट सहर पसेको छ। सहरमात्र होइन। विश्वका विभिन्न मुलुकमा पुगेको छ।’

दोहोरी गीत सुन्दा जस्तो आनन्द, रोमाञ्चकता र उत्सुकता अरु गीतमा नहुने उहाँको भनाइ छ। विभिन्न जात–जातिका संस्कृति झल्कने झाँकी प्रदर्शनीसहितको र्‍याली माइतिघरदेखि सुरु भएर महोत्सव टुँडिखेलमा सुरु भएको हो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?