logo
२०८१ बैशाख १४ शुक्रवार



मिथिला कलामा युवाको आकर्षण बढ्दो

कला |


मिथिला कलामा युवाको आकर्षण बढ्दो


लक्ष्मी चौधरी

जनकपुरधाम, चैत २८ गते । जनकपुरधामस्थित सञ्चालित तीन दिवसीय साहित्य, कला तथा नाट्य महोत्सवमा युवाको मिथिला चित्रकलाप्रति आकर्षण तथा लगाव बढ्दै गएको देखिन्छ । युवाहरू अध्ययन अन्य विषयमा गरे पनि लगाव भने मिथिला चित्रकलातिर भएको बताउँछन् । मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा भइरहेको तीन दिवसीय उक्त महोत्सवमा मिथिला चित्रकला प्रदर्शनीमा आफ्ना कला प्रदर्शन गरिरहनुभएकी मनीषा साहले मिथिला लोक कलालाई मोर्डन मिथिला कलामार्फत प्रस्तुत गर्दै आइरहनुभएको छ । चित्रकलाप्रति युवाको आकर्षण बढिरहेको त्यसैअनुरूप बजार व्यवस्थापन भइदिएको भए आर्थिक रूपले पनि सबल हुने उहाँ बताउनुहुन्छ ।

महोत्सवमा बनाएको चित्रकला प्रदर्शनी गरिरहनुभएकी २२ वर्षीया मनिका शाह आफ्नो उज्ज्वल भविष्य मिथिला चित्रकलामा नै देख्नुहुन्छ । कम्प्युटरमा डिप्लोमा गरे पनि मिथिला चित्रकलामै काम गर्न मन पराउने उहाँको भनाइ छ । मनीषा र मनिका दुवैजना भन्नुहुन्छ, “चित्रकलाबाट हामी सन्तुष्ट छौँ । महोत्सवमा आएका पाहुनाले कम्तीमा पनि चित्रकलाका स्टलमा भिजिट गरिदिए मिथिला कला प्रवद्र्धनमा निकै सहयोग पुग्ने उहाँहरू बताउनुहुन्छ । मिथिला चित्रकलाका साथै महोत्सवमा मैथिली भाषाका पुस्तक, मिथिला क्षेत्रका देवीदेवताका माटाका प्रतिमा समेत प्रदर्शनीमा राखिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?