‘बीपीको आर्थिक विचार’ सार्वजनिक
गोरखापत्र अनलाइन
मंसिर २३, २०७८ बिहीबार
अर्थविद् तथा नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालद्वारा लिखित ‘बीपीको आर्थिक विचार’ कृति बुधबार सार्वजनिक भएको छ ।
नेपाली काँग्रेसको १४औँ महाधिवेशनको सँघारमा डा. नेपालद्वारा लिखित कृति सार्वजनिक भएको छ । कृतिमा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले लिनुभएका आर्थिक सिद्धान्त, नीति तथा विचारको सूूक्ष्म व्याख्या समेटिएको छ ।