कोभिड प्रभाव : कहाँ पात, कहाँ प्राण !
गोरखापत्र अनलाइन
कार्तिक ६, २०७८ शनिबार
मान्छेहरू भन्ने गर्छन्, ‘रुखहरूका पात झर्छन् र फेरि नयाँ पालुवा पलाउँछन् । मानिसको जीवनक्रम पनि त्यस्तै हो । हरेक मिनेट नयाँ जीवनले धरतीमा पदार्पण गर्छ र त्यसरी नै कतिले इहलीला समाप्त गरेर धरतीबाट विलीन हुन्छन् ।
जन्म र मृत्युको कुरा गर्दा पातसँग तुलना गरेको देख्दा मलाई भने उदेक लागेर आँउछ । रुखको त जरा यथावत् हुन्छ । हाँगाबिँगा पनि हुन्छन् । बस्, पातसम्म न झर्ने हो । पात झर्नुलाई मान्छेको मृत्युसित तुलना गर्न मिल्छ...