पर्यटन पूर्वाधारमा तीनै तहका सरकार एकसाथ
विश्वास रेग्मी
श्रावण ३२, २०७७ आईतवार
सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्यमार्फत पर्यटन पूर्वाधार निर्माणको बाटो खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई तालुक मन्त्रालयका रूपमा राख्दै सरकारले गत हप्ता मात्रै पर्यटन पूर्वाधार निर्माण तथा पर्यटकीय उपज विकास साझेदारी आयोजना (सञ्चालन) कार्यविधि, २०७७ पारित गरेसँगै कानुनी रूपमै नै तीन तहबीच समन्वय सहज भएको हो ।
पारित कार्यविधि अनुसार स्थानीय आवश्यकताको आधारमा पर्यटन पूर्वाधार...