‘हनी ट्र्यापिङ’ गिरोहको जालोमा पर्दै पुरुष
देवबहादुर कुँवर
चैत्र १०, २०७७ मंगलवार
परिचित जस्तो लाग्ने युवतीले बारम्बार फोन गरी भेट्न बोलाइरहेकी छिन् भने होस् पु¥याउनुहोला । अन्यथा ‘हनी ट्रयाप’को सिकार हुन सक्नुहुने छ ।
पछिल्ला समयमा साथीसङ्गीले जस्तै मीठो शैलीमा उत्तेजित गफ गरी फकाइफुल्याई होटल लज, गेस्टहाउस, रिसोर्ट र एकान्त स्थानमा भेट्न बोलाई पुरुषलाई ठगी गर्ने प्रवृत्ति (हनी ट्र्यापिङ)का घटना बढ्न थालेका छन् ।
विशेषगरी आर्थिक एवं सामाजिक पहुँच र प्रतिष्ठा भएका पुरुषको पहिचान गरी भेट्न...