सङ्क्रमण मुक्त भएपछि मात्र काममा
देवबहादुर कुँवर
माघ ५, २०७८ बुधबार
काठमाडौँ उपत्यकाको तीनवटै जिल्ला प्रशासन कार्यालयले सरकारी तथा गैरसरकारी सेवामा कार्यरत व्यक्ति तथा कर्मचारीलाई कोभिड–१९ को लक्षण देखिएको पाँच दिन अनिवार्य क्वारेन्टाइनमा बस्न र नेगेटिभ रिपोर्ट नआएसम्म काममा नफर्किन निर्देशन दिएको छ ।
ती कार्यालयबाट मङ्गलबार जारी छुट्टाछुट्टै आदेशमा सो निर्देशन दिइएको हो । सिनेमा हल, डिस्को–डान्स, दोहोरी, नाइट क्लब, हेल्थ क्लब, मसाज, स्पा, फुटसल र हाटबजार माघ १५ गतेसम्मका लागि...