कोठा तातो पार्दा सुत्केरी र शिशुको मृत्यु
देवबहादुर कुँवर
मंसिर १९, २०७७ शुक्रबार
लाग्दो हिउँदसँगै चिसो बढ्यो, तपाईं कतै चिसोबाट जोगिन घरकोठा तातो पार्दै हुनुहुन्छ । हुनुहुन्छ भने होशियारी अपनाउनु होला, विगत वर्षमा आगलागी र बन्दकोठामा निसास्सिएर अकालमै ज्यान गुमाएका दुःखद घटना भएका छन्, त्यस्ता घटना नदोहोेरिउन् ।
विडम्बना, घरकोठा तातो पार्न हिटर, दाउरा, कोइला र ब्रिकेट बाल्ने तथा ग्यास गिजरको प्रयोगको क्रममा सामान्य लापरबाहीले आगलागीसँगै निसास्सिएर अकालमै ज्यान गुमाएका घटना यस वर्ष पनि दोहोरिन...