राजनीतिक दलसम्बन्धी अध्यादेश : के के छन् नयाँ व्यबस्था (अध्यादेश सहित)
रासस
भाद्र २, २०७८ बुधबार
सरकारले राजनीतिक दलका २० प्रतिशत केन्द्रीय सदस्यले नयाँ दल गठन गर्न सक्ने प्रावधानसहितको अध्यादेश जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज जारी गर्नुभएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ मा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को उपदफा (२) मा रहेका शब्द हेरफेर र उपदफा (२क) थपिएको छ ।