बिरामीले नयाँ जीवन पाउँदा केक काटेर उत्सव
रासस
भाद्र २, २०७८ बुधबार
धौलागिरि अस्पताल बागलुङले एक महिनामा ९१ जटिल खालका शल्यक्रिया गरेको छ । साउनमा प्रसूति, हाडजोर्नी, नाक, कान, घाँटी, दाँत तथा बच्चाको शल्यक्रिया गरेको हो ।
धौलागिरि अस्पतालमा पहिलो पटक एकै महिनामा यति धेरै शल्यक्रिया भएका हुन् । यसअघि जटिल खालका शल्यक्रिया न्यून मात्रामा हुने गरेका थिए । यसअघिको तथ्याङ्क हेर्दा प्रसूतिका ३३ र अन्य जटिल खालका शल्यक्रिया तीन मात्रै एक महिनामा भएको तथ्याङ्क छ ।
अस्पतालको शल्यक्रिया...