प्रदेश नं १ मा थप ६९२ जनामा सङ्क्रमण, २१ जनाको मृत्यु
रासस
श्रावण ३२, २०७८ सोमबार
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६९२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । एक हजार ५३४ जनाको पिसीआर परीक्षण गर्दा ४४९ र ८६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा ८९ मध्ये विराटनगरमा ३४, सुनसरीमा ११५, झापामा २११, धनकुटामा ११, इलाममा नौ, भोजपुरमा तीन, ताप्लेजुङमा दुई, पाँचथर, खोटाङ, उदयपुर,...