कोरोना सङ्क्रमण बढ्दै गएपछि चितवनका सरकारी कार्यालयको नियमित सेवा बन्द
रासस
श्रावण ३१, २०७८ आईतवार
जिल्लामा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भीडभाड हुने कार्यालयको नियमित सेवा बन्द गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा आज जारी आदेशमा भीडभाड हुने कार्यालय भदौ १ गतेदेखि १० गतेसम्मका लागि नियमित सेवा वन्द गर्ने जनाइएको छ । आदेशमा भनिएको छ, “जिल्लास्थित सरकारी कार्यालयमध्ये बढी भीडभाड हुने जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी र यातायात व्यवस्था कार्यालयले अत्यावश्यक...