अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन
रासस
श्रावण ३२, २०७८ सोमबार
गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ ।
गृहमन्त्री खाँणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखसहितलाई मन्त्रालयमा बोलाएर निर्देशन दिनुभएको हो । मन्त्री खाँणले अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरी त्यहाँ रहेका नेपाली नागरिकलाई...