एमसिसीका विषयमा राष्ट्रिय सहमति हुनुपर्छ : सभामुख सापकोटा
रासस
श्रावण २७, २०७८ बुधबार
सभामुख अग्निप्रसाद सापकोटाले मिलिनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी)बारे राष्ट्रिय सहमतिका आधारमा मात्र निर्णयमा पुग्दा राम्रो हुने बताउनुभएको छ । सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँग कुराकानी गर्दै उहाँले एमसिसीको बहस जनताको तहमा गइसकेकाले राष्ट्रिय सहमतिका आधारमा मात्र छिनोफानो गर्दा राम्रो हुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “दलभित्रको कार्यदलको प्रतिवेदनमा सहमति बनाउनुपर्छ,...