मकैको घोगामा लागेन दानाः किसान चिन्तित
रासस
श्रावण २७, २०७८ बुधबार
मकैको घोगामा दाना नलागेपछि भेरी नगरपालिका–२ का किसान मर्कामा परेका छन् ।
भेरी नगरपालिका–२ को बाहुनथाना, रिसाङ, पोख्रा, पुरानो रिसाङ, दारा र तातोपानीलगायत क्षेत्रमा लगाइएको मकैमा दाना लागेको छैन ।
दाना नलाग्दा रु २० लाखभन्दा बढी नोक्सान भएको किसानको गुनासो छ । “बोटमा रहरलाग्दो मकैको घोगा भयो तर, घोगामा एउटा पनि दाना लागेन”, किसानहरु भन्छन् “मकै भित्र्याउने बेला हुन लाग्दा समेत दाना नभएपछि बोट फाँडेर गाईबस्तुलाई...