‘हामी सबैको रहर शिक्षित , सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’
रासस
असार १०, २०७८ बिहीबार
विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु चार अर्व १० करोड तीन लाख ३८ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । उपप्रमुख इन्दिरा कार्कीले आज बजेट प्रस्तुत गर्दै कार्यालय सञ्चालन तथा प्राशासनिक खर्चतर्फ रु ४६ करोड ७० लाख ५२ हजार तथा पूँजीगततर्फ रु तीन अर्ब ५८ करोड ३२ लाख ८५ हजार १५ र वित्तीय व्यवस्थातर्फ रु पाँच करोड खर्च हुने अनुमान प्रस्तुत गर्नुभयो । महानगरपालिकाको कार्यालय...