शुक्लाफाँटा नगरपालिकाको बजेट ७१ करोड ४८ लाख
रासस
असार ९, २०७८ बुधबार
शुक्लाफाँटा नगरपालिकाले आव २०७८/७९ का लागि रु ७१ करोड ४८ लाख तीन हजारको अनुमानित बजेट निर्णयार्थ नगरसभामा पेश गरेको छ । नगर उपप्रमुख तुलसीदेवी हमाले नगरपालिकाको नवौँ नगरसभामा मङ्गलबार अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।
उहाँले आयतर्फ वित्तीय समानीकरण अनुदान रु १४ करोड ९७ लाख, राजश्व बाँडफाँट अन्तःशुल्क, मूल्य अभिवृद्धिकर रु १० करोड ४२ लाख ३० हजार, प्रदेश समानीकरण अनुदान रु एक करोड आठ लाख ७८ हजार, प्रदेश सरकारबाट...