पोखरा महानगरको कोभिड नियन्त्रण, पूर्वाधार विकास र सुशासनमा प्राथमिकता
रासस
असार ९, २०७८ बुधबार
पोखरा महानगरपालिकाले कोरोना भाइरस(कोभिड–१९)को नियन्त्रण, पूर्वाधार विकास, सुशासन र आर्थिक विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम ल्याएको छ । कोरोना नियन्त्रण र नागरिकको जीवन रक्षाको लागि सञ्चालित आइसोलेसन, अस्पताल वार्डको सञ्चालन, जनशक्ति व्यवस्थापन, पिसिआर परीक्षण, कन्ट्राक्ट ट्रेसिङलगायतका कार्यहरुलाई निरन्तरता दिइने महानगरको नीति रहेको छ ।
कोरोनाका प्रभावित व्यवसायीलाई...