पहिलोपटक पर्वतमा सतुवाको व्यावसायिक खेती
रासस
असार ८, २०७८ मंगलवार
बहुमुल्य जडीबुटीको रुपमा चिनिने सतुवाको पर्वतमा व्यावसायिक खेती शुरु गरिएको छ । जिल्लाको जलजला गाउँपालिका—६ शालिजा र वडा नं ९ बनौमा यस वर्षदेखि व्यावसायिक रुपमा खेती गर्न शुरु गरिएको छ ।
उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा प्रयोग गरिँदै आएको छ । यसको जरा अदुवाको जस्तै हुन्छ । विशेषगरी सतुवा पेट दुख्ने, पाकेको घाउ, बान्ता वा पखाला लागेका बिरामी तथा गाईभैंसी बिरामी हुँदा समेत सतुवा खुवाइन्छ । एक हजार ८०० देखि...