पहिरोले ग्रामीण सडकहरु अवरुद्ध, खाद्यान्न ढुवानीमा समस्या
रासस
असार ७, २०७८ सोमबार
लगातारको वर्षाका कारण पहिरो जाँदा बैतडीका अधिकांश ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । वर्षाका कारण सडकहरुमा पहिरो खस्नुका साथै हिलाम्य भएको हुनाले सवारी साधन सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ ।
वर्षाकै कारण शिवनाथ गाउँपालिकाका ग्रामीण सडकहरु अवरुद्ध भएको गाउँपालिकाका उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडक अवरुद्ध हुँदा सवारी सञ्चालनमा बाधा पुगेको छ, वडा कार्यालयहरुसँग जोडिएका सडकहरु...