निषेधाज्ञाअघि म्याद सकिएका आयोजनाको अवधि एक वर्ष थप्न माग
रासस
जेष्ठ ३१, २०७८ सोमबार
निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६ गतेभन्दा अघि म्याद समाप्त भएका आयोजनाको म्याद एक वर्ष थप गर्न माग गरेको छ ।
महासङ्घको प्रतिनिधिमण्डलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री उमाशङ्कर अरगरियालाई भेटी आर्थिक वर्ष २०७८÷०७९ को बजेटबारे महासङ्घको धारणा पनि पेश गरेको छ । बजेटमा उल्लेख भएअनुसार बैंक जमानत पेश गरेपछि...