महामारीले अर्थतन्त्रका सबै क्षेत्रमा समस्या बढ्यो, साझा सहकार्य जरुरी
रासस
जेष्ठ २८, २०७८ शुक्रबार
नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको उल्लेख गर्दै साझा प्रयासबाट मात्रै समस्याको समाधान हुने स्पष्ट पारेको छ ।
महासङ्घका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र सङ्घईले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०९ औँ बैठकलाई नेपालको रोजगारदाताका तर्फबाट आज सम्बोधन गर्दै कोरोनाका कारण आर्थिक सामाजिक नोक्सानीको...