कलुवापुर -बेलौरी सडक निर्माण एक सातादेखि अवरुद्ध
रासस
बैशाख १३, २०७८ सोमबार
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर बेलौरी सडक स्तरोन्नति र कालोपत्रे गर्ने कार्य एक सातादेखि अवरुद्ध भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने कालागौँडीदेखि चानदेवसम्मको करिब तीन किलोमिटर सडक निर्माण कार्य अवरुद्ध भएको हो ।
सडकको मौजुदा संरचनाअन्तर्गतनै टो–बाल निर्माण गर्ने, माटो भरान गर्ने, ग्याबिन जाली राख्ने, कालोपत्रेका लागि बेस राख्नेलगायतका कार्य अगाडि बढाउन खोजिएपछि...