थापाथलीमा खुल्यो ‘एकएक पाइला’ सामुदायिक अस्पताल
रासस
बैशाख ११, २०७८ शनिबार
स्थानीय थापाथलीमा निःसहाय बिरामीलाई निःशुल्क उपचार गर्न ‘एकएक पाइला’ सामुदायिक अस्पताल खुलेको छ । नेत्र रोग विशेषज्ञ डा सुमन शमशेर थापाको अगुवाइमा स्थापना भएको अस्पतालले भोलि आइतबारदेखि नेत्र परीक्षण एवं उपचार तथा अर्को सातादेखि अन्य स्वास्थ्य सेवा प्रवाह गर्ने भएको छ ।
छ वर्षअघिको भुँइचालोका बेला सीप, समर्पण, धन, मन, विशेषज्ञता र जाँगर भएका युवा डाक्टरहरूले ‘एकएक पाइला’ अभियानमार्फत गरीब, दुःखी, असहाय...