logo
२०८१ फाल्गुन १ बिहीवार



स्काभेटर पुरिँदा चालकको मृत्यु

खुला |


स्काभेटर पुरिँदा चालकको मृत्यु


रुकुमपूर्व, वैशाख १३ गते । भूमे गाउँपालिका–८ सिमखोला (पूर्साबाङ)मा बाटो खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिराले पुर्दा स्काभेटर चालकको मृत्यु भएको छ । आइतबार साँझ सडक खनिरहेका बेला एक्कासि झरेको सुख्खा पहिराले स्काभेटर पुरिँदा भूमे–१ लुकुमका ४२ वर्षीय कर्णवीर पुनको ज्यान गएको इलाका प्रहरी कार्यालय खाबाङका प्रहरी प्रमुख सविन शाहले जानकारी दिनुभयो । पहिराले पुरेको स्काभेटरको बकेट मात्र देखिएको छ ।

घटना भएलगत्तै प्रहरी घटनास्थलमा पुगे पनि तत्काल उद्धार सम्भव नभएको उहाँले बताउनुभयो । अहिले सो ठाउँमा अर्को डोजरको सहायताले माथिबाट झरेको पहिरो हटाउन शुरुआत गरिएको बताइएको छ । उहाँका अनुसार पुर्साबाङ–रुकुकोट–कुचिवाङ–कोर्जा–तमारी–लावाङ सडकखण्ड अन्तर्गतको पुर्साबाङमा सडक खन्ने क्रम जारी रहेको थियो ।

उक्त ठाउँमा कमजोर माटो भएको हुँदा मानिसले नै खन्ने र उपकरणको प्रयोग नगर्ने भनिएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो । उहाँले ठेकेदार कम्पनीले उपकरण प्रयोग गरेपछि घटना भएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?