नेपाली जनताको स्वाभिमान ठडियोः मुख्यमन्त्री पौडेल
रासस
बैशाख १०, २०७८ शुक्रबार
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नेपाली जनताको वर्षौंदेखिको सपना साकार पार्न तल्लीन रहेको बताउनुभएको छ । भर्खरै पुनःनिर्माण सम्पन्न भएको धरहरा अवलोकनपछि आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले सरकारका पाइला समृद्ध नेपाल सुखी नेपाली निर्माणको महान् लक्ष्यतर्फ अगाडि बढेको उल्लेख गर्नुभएको छ ।
“ढलेका लाखौँ घर ठडिए, हजारौँ विद्यालय ठडिए, हजारौँ मठ, मन्दिर, चर्च, गुम्बा ठडिए, ऐतिहासिक धरोहर...