logo
२०८१ फाल्गुन १ बिहीवार



चितवनमा कोरोना सङ्क्रमणका कारण महिलाको मृत्यु

खुला |


चितवनमा कोरोना सङ्क्रमणका कारण महिलाको मृत्यु


चितवन, वैशाख १० गते । कोरोना भाइरस कोभिड–१९ का कारण एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ३९ वर्षीया महिला भएको अस्पतालले जनाएको छ ।

निमोनियको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो । अस्पताल भर्ना भएकी उनमा वैशाख ९ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सङ्क्रमण पुष्टि भएसँगै उनी चितवन मेडिकल कलेजको कोभिड सघन उपचार कक्षमा भर्ना भएकी थिइन् । कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?