लोकतन्त्र र कांग्रेस सङ्कटमा छ : वरिष्ठ नेता पौडेल
रासस
फाल्गुन २९, २०७७ शनिबार
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र कांग्रेस सङ्कटमा रहेको बताउनुभएको छ । बागलुङमा नेपाल शिक्षक सङ्घले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय दोस्रो र तेस्रो प्रतिनिधिसभालाई सम्बोधन गर्दै कांग्रेस आन्तरिक किचलोमा फसेको बताउँदै सबै मिलेर पार्टीलाई जनताको पहिलो बनाउनुपर्ने बताउनुभयो ।
“लोकतन्त्र र कांग्रेस सङ्कटमा छ, जसकारण नेपाल नै सङ्कटमा धकेलिन थाल्यो”, पौडेलले भन्नुभयो, “कांग्रेसले...