उदार आर्थिक नीतिले मुलुक समृद्ध बन्छः पूर्वमन्त्री डा महत
रासस
फाल्गुन २९, २०७७ शनिबार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले उदार आर्थिक नीतिले मात्रै मुलुक समृद्ध बन्न सक्ने बताउनुभएको छ । नेपाल वितरक महासङ्घ केन्द्रीय समितिको आज तनहँुको दमौलीमा आयोजित नवाँै वार्षिक साधारणसभाको उद्घाटन गर्दै डा महतले उक्त कुरा बताउनुभएको हो ।
उदार अर्थ नीतिले केबल देश विकास मात्र नभई आर्थिक गतिविधि बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने, आयआर्जनका अवसर सिर्जना गर्न सहयोग...