कुसुण्डा भाषा सिक्ने कि: ‘सोजाक, निगी उही हाना’
रासस
फाल्गुन २८, २०७७ शुक्रबार
लोपोन्मुख कुसुण्डा भाषाको संरक्षण गर्न नयाँ पुस्ता अगाडि आएको छ । यस भाषालाई जीवन्त राख्न नयाँ पुस्ता बोलचाल र एकापसमा कुराकानी गर्दा कुुसुण्डा भाषा प्रयोग गर्छन् । उनीहरु आफूले जानेका शब्द गीतका माध्यमबाट सुनाउने र त्यसलाई नेपालीमा उल्था गरेर भन्न सक्ने भएका छन् ।
भाषा आयोगले अहिले नेपालमा लोपोन्मुख भाषाको संरक्षण गर्ने र मातृभाषाको सम्मान गर्ने उद्देश्य राखी यस्तो अभियान सञ्चालन गरेको हो । आयोगका पहलमा दाङका...