logo
२०८१ असोज ८ मंगलवार



‘एकीकरण पदमार्ग’मा नेपाली सेनाको पदयात्रा  

फिचर |
खुला |


‘एकीकरण पदमार्ग’मा नेपाली सेनाको पदयात्रा  
फाईल तस्विर


 राजकुमार पराजुली

काभ्रेपलाञ्चोक, फागुन २९ गते । नेपाली सेनाले नेपाल एकीकरणका दौरान काभ्रेपलाञ्चोकमा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोलाई ‘एकीकरण पदमार्ग’ नामाकरण गरी आज पदयात्रा कार्यक्रमको आयोजना ग¥यो । पदयात्रा कार्यक्रमको आज प्रधानसेनापति पूर्णचन्द्र थापाले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको थियो ।    
    
पदयात्रामा स्थानीय जनप्रतिनिधिलगायत करिब २०० को सहभागिता रहेको धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले जनायो । प्रधानसेनापति थापा र धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले संयुक्तरूपमा आजै धुलिखेलस्थित पर्यटकीय देवीस्थानडाँडामा निर्मित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्णकद शालिकको अनावरण गरी झण्डोत्तोलन गर्नुभएको थियो ।

नेपाल एकीकरणका दौरान काभ्रेपलाञ्चोकमा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोलाई प्रवद्र्धन गरी ‘टे«किङ टे«ेल’का रूपमा विकसित गर्ने योजनाका साथ पहिलो चरणमा पदयात्रा कार्यक्रमको आयोजना गरिएको गणपति मिलन थापाले बताउनुभयो ।    
    
थापाका अनुसार पदयात्रा धुलिखेलस्थित ब्यारेकबाट बुरु भई देवीस्थान (काभ्रे–कोट) हुँदै शारदाबतासे, चौकोटबाट ऐतिहासिक नगरी पनौतीस्थित इन्द्रश्वर महादेव मन्दिरमा अपराह्न समापन गरिएको हो । गणले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले विसं १८०३ देखि १८२० सम्म काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्ला एकीकरण अभियानमा प्रयोग गरिएका विभिन्न पदमार्ग पहिचान गरी एउटा पदमार्गमा पदयात्रा कार्यक्रमको आयोजना गरिएको गणपति थापाले जानकारी दिनुभयो । गत वर्ष धुलिखेलस्थित तत्कालीन विष्णुदल गणले ‘भ्रमण वर्ष–२०२०’ लक्षित ‘युनिफिकेशन टेकिङ टेल’ प्रवद्र्धन योजना तथा पदयात्रा कार्यक्रम कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण रोकिएको थियो ।    
    
एकीकरण पदमार्गलाई ‘टेकिङ टेल’का रूपमा विकसित गर्ने योजनाका साथ काभ्रेपलाञ्चोकमा छवटा पदमार्ग पहिचान गरिएको छ । विष्णुदल गणले एकीकरण पदमार्ग पहिचान संरक्षण, संवद्र्धन र सैनिक इतिहास प्रवद्र्धन गर्ने उद्देश्यले छवटा पदमार्ग पहिचान गरेको थियो । विष्णुदल गण रसुवा र कालीजङ्ग गण धुलिखेल सरुवा भएपछि कालीजङ्ग गणले उक्त योजनालाई पूर्णता दिन थालेको हो ।    
    
थापाका अनुसार पहिचान भएका छ पदमार्गमध्ये १८२० कात्तिक १० गते धुलिखेल विजयपश्चात चौकोट–शारदाकोट–गोरखनाथ हुँदै सोही कात्तिक ११ गते पनौती कब्जा गर्न प्रयोग गरिएको मार्गमा पदयात्रा गरिनेछ । उक्त १० किलोमिटर लम्बाइको उक्त पदमार्गमा गणले एक दिनको पदयात्रा कार्यक्रम तालिका बनाएको छ । काभ्रेपलाञ्चोक एकीकरणका दौरान तत्कालीन अवस्थामा प्रयोग गरिएका पदमार्ग, कोट, धार्मिक तथा पुरातात्विक महत्वका मठमन्दिर र ऐतिहासिक कला संस्कृति झल्कने स्थानलाई योजनामा समेटिएको छ ।    
    
विभिन्न अखिलेखअनुसार सेनाद्वारा पहिचान गरिएका अन्य पदमार्गमा १८०३ मा नगरकोट कब्जा गरेपश्चात १८१६ मा नगरकोट–अनेकोट–लामीडाँडा हुँदै पलाञ्चोक कब्जा गर्न प्रयोग भएका बाटो, १८१८ मा पलाञ्चोक विजयपश्चात भमरकोट–काभ्रेकोटसमेत विजय गरी सोही असार ३० गते चौकोटमाथि हमला गर्दा प्रयोग भएको बाटो, चौकोट विजयपश्चात फस्कोट–फुलबारीकोट–बुचाकोट–मेथिनकोट कब्जा गरी १८१९ असोज २ गते तेमालकोट कब्जा गर्न प्रयोग गरिएको बाटो, तेमालकोट विजयपश्चात १८२० कात्तिक १० गते धुवाँकोट–दाप्चा–नमोबुद्ध–फस्कोट हुँदै पुनः चौकोट विजय र सोही दिन कोटखेल हुँदै धुलिखेल विजय गर्दा प्रयोग भएको बाटो र धुलिखेलबाट गोसाइँस्थान–नालाकोट–साँगा हुँदै बनेपा र पनौतीबाट नागीडाँडा–साँगा हुँदै बनेपा आउन प्रयोग गरिएका बाटो रहेका छन् ।    
    
‘टे«किङ टेल’ बनिसकेपछि ऐतिहासिक एवं कला झल्काउने स्थानलाई विश्वमा चिनाउन मद्दत पुग्ने विश्वास गरिएको छ । टे«किङ टेलअन्तर्गत शुरुआत स्थल, सङ्केत केन्द्र, मेडिकल, खानेपानी, शौचालयजस्ता भौतिक संरचना धुलिखेल र पनौती नगरपालिकाभित्र बन्ने भएकाले ती दुई स्थानीय तहले निर्माणमा सहयोग गर्नेछन् ।    
    
टेकिङ टेल निर्माणपछि स्थानीय तह, होटल एशोसिएशन नेपाल तथा उद्योग वाणिज्य सङ्घलगायत सामाजिक संस्थाले त्यसलाई स्वदेशी एवं विदेशी पर्यटकका लागि ‘पर्यटकीय रुट’का रुपमा समेत विकसित गर्न सुझाइएको छ । पर्यटकीय नगरी धुलिखेल र ऐतिहासिक एवं धार्मिक नगरी पनौती नगरले समन्वय गरी टेकिङ टेललाई स्थापित गर्न सरोकारवालाबीच विभिन्न चरणमा छलफलसमेत हुँदै आएका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?