चिसो बढेसँगै जुम्लालगायत हिमाली जिल्लामा पानी जम्दै
रासस
पुष ७, २०७७ मंगलवार
चिसो बढेसँगै जुम्लालगायत हिमाली जिल्लामा खानेपानी पाइप र खोला तथा तालमा पानी जमेको छ । पुस महिना शुरु भएसँगै ह्वात्तै बढेको चिसोका कारण जनजीवन प्रभावित बनेको छ । चिसोका कारण खानेपानी पाइपमा पानी जम्न थालेको जुम्लाको चन्दननाथ नगरपालिका–४ का युवराज न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी प्रयोजनका लागि आगो र ग्यासमा पानी तताउन थालिएको छ । पानी जमेर धारामा आउन छाडेको...