logo
२०८१ फाल्गुन २२ बिहीवार



चिसो बढेसँगै जुम्लालगायत हिमाली जिल्लामा पानी जम्दै  

खुला |
प्रदेश |


चिसो बढेसँगै जुम्लालगायत हिमाली जिल्लामा पानी जम्दै  
फाईल तस्विर


खलङ्गा, पुस ७ गते । चिसो बढेसँगै जुम्लालगायत हिमाली जिल्लामा खानेपानी पाइप र खोला तथा तालमा पानी जमेको छ । पुस महिना शुरु भएसँगै ह्वात्तै बढेको चिसोका कारण जनजीवन प्रभावित बनेको छ । चिसोका कारण खानेपानी पाइपमा पानी जम्न थालेको जुम्लाको चन्दननाथ नगरपालिका–४ का युवराज न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी प्रयोजनका लागि आगो र ग्यासमा पानी तताउन थालिएको छ । पानी जमेर धारामा आउन छाडेको छ ।” अत्यधिक चिसोका कारण पानी जमेर धारामा आउन छाडेपछि खानेपानीको समस्या हुन थालेको उहाँको भनाइ छ ।    
    
 यसैगरी जिल्लाको तापक्रम घट्दै गएपछि यहाँका दर्जनौँ तालमा पनि पानी जमेको छ । अत्यधिक चिसो बढेपछि नदी नजीकैका ताल र हिमाल नजीकका तालको पानी जमेका छन् । यहाँको तातोपानी गाउँपालिका–४ स्थित गिढीदह तालको पानी जमेको स्थानीयावासी प्रेमराज पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “गिढीदह, शङ्करदह, काटा दहलगायत तालमा पानी जमेको छ ।”    
    
 जिल्लाको तापक्रम साँझबिहान माइनस ७÷८ डिग्री सेल्सियसमा झर्न थालेको छ । दिउँसो घाम लागेको अवस्थामा माइनस ६ डिग्री सेल्सियस हुन्छ । रातको समय भने माइनस १३ डिग्री सेल्सियससम्म तापक्रम पुग्न थालेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?