राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
रासस
मंसिर १८, २०७७ बिहीबार
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थाइल्याण्ड, इजरायल, बङ्गलादेश र म्यान्माका राजदूतहरुले आज आआफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर, बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र म्यान्माका राजदूत सेन ओले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।