बालबालिकाले असल सङ्गत कसरी थाहा पाउने ?
रासस
मंसिर १८, २०७७ बिहीबार
जीवनमा धेरै मानिससँग भेटघाट र नजिक भइन्छ । भेटे जतिका सबै मानिस, साथीभाइ र आफन्त विश्वासिला हुँदैनन् । साथीभाइ धेरै हुन्छन् तर जसले आफ्ना भित्री मनका कुरा बुझ्न सक्छ र दुःखसुखमा साथ दिन्छ उही नै असल साथी हुने टीकापुरका विष्णु पाण्डे बताउनुहुन्छ । “साथीहरु धेरै हुन्छन्, हामीलाई कुन असल छ भन्ने थाहा हुँदैन”, पाण्डे भन्नुहुन्छ, “जसले राम्रो कुरा सिकाउँछ, अगाडि बढ्न प्रेरणा दिन्छ त्यस्तो साथीसँग मात्र सङ्गत गर्नुपर्छ...