विद्युतीय अपराधप्रति सचेत हुन अनुरोध
रासस
मंसिर १७, २०७७ बुधबार
नेपाल प्रहरीको साइबर ब्युरोले कानूनविपरीत हुने अश्लिल भिडियोलगायतका सामग्री बनाउने, प्रसारण गर्ने गरेका घटना बढ्न थालेको भन्दै सचेत हुन सर्वसाधारणमा अनुरोध गरेको छ । इन्टरनेट तथा विद्युतीय उपरकरणको दुरुपयोग गरी समाजिक सञ्जालमा अशोभनीय, अमार्यादित, दुराचारयुक्त, यौनजन्य तथा अश्लिल तस्बिर, श्रव्यदृष्य प्रशारण गरी विद्युतीय कारोवार ऐन, २०६३ विपरीत हुने कार्य देखिएको भन्दै ब्युरोले सूचना जारी गरी सावधानी अपनाउन...