सुस्तायो विद्युतीय कारोबार
भेषराज बेल्बासे
पुष ११, २०७८ आइतवार
कोरोना भाइरस (कोभिड–१९)को महामारीका बेला उच्च वृद्धि रहेको विद्युतीय कारोबार कोरोना प्रभाव कम हुँदै गएसँगै सुस्ताउन थालेको छ । नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्कले असोजको तुलनामा कात्तिक महिनामा विद्युतीय कारोबार र अनलाइन भुक्तानीको सङ्ख्या र रकम दुवैमा गिरावट आएको देखिएको हो । मोबाइल बैङ्किङ, आईपीएस, वालेट, क्यूआर कोड, आरटीजीएस, इन्टरनेट बैङ्किङ, एटीएमलगायतका कारोबार घटेको हो ।