राहत, सहुलियत र आर्थिक पुनरुत्थानमा केन्द्रित बजेट
भेषराज बेल्बासे
जेष्ठ १६, २०७८ आईतवार
कोभिड–१९ महामारीले उत्पन्न गरेको चुनौतीपूर्ण परिस्थिति सामना गर्दै नागरिकको जीवन रक्षा गर्न र अर्थतन्त्रलाई गतिशील तुल्याउँदै पुनरुत्थान गर्ने गरी आर्थिक वर्ष २०७८÷७९ को बजेट आएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शिथिल अर्थतन्त्रलाई चलायमान बनाई अर्थतन्त्रका मुख्य परिचालक क्षेत्रलाई प्रवद्र्धन गर्न र तीव्र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न राहत, सहुलियत र आर्थिक पुनरुत्थानका कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो...