वृद्धाश्रममा तारे होटलको सुविधा !
प्रजित शाक्य
पुष ३, २०७८ शनिबार
ललितपुरस्थित बागडोलमा मल्लकालीन दरबारजस्तो विशाल कलात्मक भवन छ । भवनभित्रको संरचना भने आधुनिक छ । पाहुना कोठा, योगा हल, भजन हल, पुस्तकालय, क्लिनिकका लागि पनि छुट्टाछुट्टै कोठा छन् । भवन अगाडि एम्बुलेन्स पनि तयारी अवस्थामा छ । पाँचतले भवनमा लिफ्ट मात्र होइन, अपाङ्गमैत्री संरचना पनि बनाइएको छ । यस्तो सुविधासम्पन्न भवन त होटल या अपार्टमेन्ट हुनुपर्छ भन्ने जोकोहीलाई लाग्नसक्छ तर यो भवन वृद्धाश्रमका लागि बनाइएको हो ।...