logo
२०८० चैत्र १५ बिहीवार



 साफ च्याम्पियन्सिपमा नेपाल उपविजेतामा सीमित

पढ्नै पर्ने |


 साफ च्याम्पियन्सिपमा नेपाल उपविजेतामा सीमित


काठमाडौँ, असोज ३० गते । भारतसँग शनिबार राति ३–० ले पराजित भएप्छि नेपालको पहिलो पटक साफ च्याम्पियन बन्ने सपना तुहिएको छ । भारत आठौँ पटक साफ च्याम्पियन बनेको हो ।

उत्तराद्र्धमा दुई मिनटमा दुई गोल वेहोरेपछि नेपाल फाइनलमा निराश बनेको हो । यद्यपि यसपटक माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियन्सीपमा नेपालले पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाएको छ । तर पहिलो पटकको फाइनलमा प्रवेशमा नै परम्परागत प्रतिद्वन्दी भारतलाई हराएर नेपालले अर्को इतिहास बनाउन सकेन ।

खेलको ४८ औँ मिनेटमा मैदानको दायाँ भागबाट प्रितम कोटलले गरेको क्रसमा भारतको कप्तान सुनील क्षेत्रीले पावरफुल हेडरमार्फत् गोल गरी भारतलाई अगाडि पार्नुभयो । दुई मिनेटपछि नै यासिर मोहम्मदले डिबक्स भित्रबाट नै दिएको पासमा सुरेश सिंहले बल गोलपोस्टमा छिराएर नेपालको साफ च्याम्यियन बन्ने सपना कमजार पारिदिनुभयो । त्यसपछि खेलको ९० औँ मिनेटमा स्थानापन्न खेलाडी सहल अब्दुल समादले डिबक्स भित्रनै उत्कृष्ट ड्रिब्लिङपछि गोल गरी भारतको जित पक्का गर्नुभयो ।

नेपालको दुई प्रहार गोलपोस्टमा लागेर फर्किँदा पनि भारत भाग्यमानी बन्यो । खेलको छैटो मिनेटमा नवयुग श्रेष्ठ र । खेलको ७६ औँ मिनेटमा मिनेटमा रोहित चन्दको हेडर गोलपोस्टमा लागेर फर्केपछि पनि नेपाल निराश बनेको थियो ।

प्रशिक्षक अब्दल्ला अल्मुतारीको यो नेपालका लागि अन्तिम खेल पनि हो । प्रशिक्षक अल्मुताइरीले नेपाल फाइनलमा पुगेपछि भारतविरुद्धको खेल नेपालको प्रशिक्षकको रुपमा आफ्नाे अन्तिम खेल हुने बताउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?