logo
२०८१ जेष्ठ ६ आईतवार



फुटबल–क्रिकेटले दिएको खुसी

शनिवार |


फुटबल–क्रिकेटले दिएको खुसी


२०७८ साल विश्व खेलकुदका लागि महत्त्वपूर्ण वर्ष रह्यो । एक त कोरोनाका कारण ठप्प विश्व खेलकुद यो वर्ष चलमलायो । अनि यसै वर्ष विश्वको सबभन्दा ठूलो खेलकुद मेला टोकियो ओलम्पिक मात्र होइन, युरोपेली च्याम्पियनसिप फुटबल, कोपा अमेरिका फुटबल, विश्वकप टी–२० क्रिकेटजस्ता प्रमुख प्रतियोगिता सम्पन्न भए । ओलम्पिकमा सहभागिता, फुटबल र क्रिकेटले दिएका केही उपलब्धिका कारण नेपाली खेलकुदका लागि पनि यो वर्ष महìवपूर्ण रह्यो तर प्रदर्शनको आधारमा गौरवपूर्ण क्षण नेपालले कमै मात्र पायो । सबभन्दा लोकप्रिय खेलकुद फुटबलले केही सफलताको कथा बुन्योे । विश्वमै आफ्नो उपस्थिति देखाइसकेको क्रिकेटका लागि भने यो वर्ष मिश्रित रह्यो । अन्य खेलका गतिविधि सामान्य रह्यो ।

कोरोना महामारीको विषम पस्थितिमा असम्भव देखिएको विश्वको सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको टोकियो सहरले दर्शकबिना पनि सफल आयोजना ग¥यो । टोकियो ओलम्पिक कोरोनाकै कारण एक वर्ष पछाडि सरेको हो । यस प्रतियोगितामा नेपालले पनि सहभागिता जनायो । टोकियो ओलम्पिकले नेपाललाई खुसी दिन सकेन । टोकियो ओलम्पिकमा सहभागी हुने भाग्यमानी नेपाली खेलाडी पौडीकी गौरिका सिंह, अलेक्जेन्डर शाह, सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र धाविका सरस्वती चौधरी हुनुहुन्थ्यो । टोकियो जानुअघि नै नेपालका पाँचै खेलाडीले राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य लिएका थिए । टोकियो ओलम्पिकमा नेपालका सबै खेलाडी पहिलो चरणबाटै बाहिरिए । पौडीकी गौरिका सिंह, अलेक्जेन्डर शाह र सुटिङकी कल्पना परियारले भने ओलम्पिकजस्तो पवित्र खेलकुद मेलामा राष्ट्रिय कीर्तिमान बनाएर आफ्नो सहभागितालाई अविस्मरणीय बनाउनुभयो ।

सरस्वती आफ्नो हिटमा अन्तिम दोस्रो स्थानमा र जुडोकी सोनिया भट्ट पहिलो भिडन्तमा एक मिनेट १६ सकेन्ड मात्र रिङमा टिक्नुभयो । नेपालका लागि प्रदर्शनको हिसाबले टोकियो अ‍ोलम्पिक फलिफाप भएन । यद्यपि विश्वका अन्य देश र नेपालको खेलस्तरमा आकाशजमिनको फरक हुनाले यस प्रदर्शनमा नेपाली खेलाडीलाई दोष दिन मिल्दैन तर ओलम्पिकलगत्तै सुरु हुने टोकियो पारालम्पिकमा भने नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले दुई खेल जितेर इतिहास बनाउनुभयो । पलेशा पारालम्पिकमा जित हात पार्ने पहिलो नेपाली खेलाडी बन्नुभएको छ । उहाँ अन्तिम बाधा पार गर्न नसक्दा मात्र टोकियो पारालम्पिकमा ऐतिहािसक उपाधिबाट वञ्चित हुनुभएको थियो ।

नेपाली फुटबलले भने केही खुसी दियो । दक्षिण एसियाली फुटबलमा नेपाल सधैँ एक सशक्त टिमका रूपमा रहिआएको छ । त्यसैले दक्षिण एसियाली क्षेत्रको सबभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपलाई नेपालले सधैँ आफ्नो प्रतिष्ठाको विषय बनाएको हुन्छ तर यो प्रतियोगितामा नेपालको प्रदर्शन कहिल्यै राम्रो भएको थिएन । माल्दिभ्समा भएको १३औँ साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनलमा पुगेर इतिहास बनायो । नेपाल फाइनलमा भारतसँग ३–० ले पराजित भएर च्याम्पियन बन्नबाट वञ्चित भयो तर यस प्रतियोगिताबाट नेपालले दक्षिण एसियाली फुटबलमा आफू एक ‘पावर’ हो भन्ने सिद्ध गरेको छ । यसको श्रेय कुवेती प्रशिक्षक अब्दुल्ला अल्मुताइरीलाई पनि दिनुपर्छ । साफ च्याम्पियनसिपको फाइनल खेल्नुलाई पनि सफलता मानिएको छ ।

नेपालले इराकजस्तो सशक्त टिमलाई उसकै मैदानमा दुई गोल ग¥यो । विश्वकप तथा एएफसी छनोटमा चाइनिज ताइपेईलाई २–० ले पराजित ग¥यो । नेपाल एएफसी कपको तेस्रो चरणमा पुग्न सफल भयो । घरेलु मैदानमा भारतविरुद्ध भएका दुई खेलको मैत्री शृङ्खला पहिलो खेल बराबर र दोस्रो खेल २–१ ले हारेपछि गुमायो तर अर्को दुई खेलकै अन्तर्राष्ट्रिय मैत्री शृङ्खलामा नेपाल अफ्रिकी देश मोरिससलाई दुवै खेलमा पराजित गरेर नेपाली फुटबलको छवि उकास्यो । नेपालले अफ्रिकी देशविरुद्ध पहिलो पटक खेलेको हो । जसमा लगातार जितको गौरव इतिहासको पानामा अङ्कित पार्न नेपाल सफल भयो । यद्यपि थाइल्यान्डमा खेलिएको शृङ्खलामा भने नेपालले दुवै खेल हा¥यो ।

एएफसी यू–२३ एसियन कप छनोटमा भने नेपाली फुटबलको प्रदर्शन लज्जास्पद रह्यो । नेपाल यू–२३ टिम इरान, ताजकस्तान र लेबनानसँग नराम्ररी हा¥यो । यस वर्ष महिला फुटबलका हकमा नेपाली महिला फुटबल टिमले बङ्गलादेशलाई अन्तर्राष्ट्रिय मैत्री शृङ्खलामा हराउनु मात्र उल्लेखनीय रह्यो । नेपालको महिला फुटबलको फिलिपिन्ससँग २–१, हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि एएफसी महिला एसियन कप २०२२ मा खेल्ने सपना चकनाचुर भयो । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा पनि भुटान र श्रीलङ्काविरुद्ध जित र बङ्गलादेशविरुद्ध बराबरीपछि अन्तिम लिग खेलमा भारतसँग स्तब्ध हुँदा फाइनलमा पुग्न सकेन । घरेलु फुटबल पनि सक्रिय रह्यो । शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले उपाधि रक्षा ग¥यो । मोफसलका गोल्डकपले पनि नेपाली फुटबललाई व्यस्त राखे । नेपालमा क्रिकेटको अनुसरण गर्द पहिलो पटक फ्रेञ्चाई फुटबल नेपाल सुपर लिगको आयोजना भयो । जसमा काठमाडौँ रेजर्स च्याम्पियन बन्यो ।

नेपाललाई क्रिकेटले जस्तो खुसी शायदै अन्य खेलले दिएको छ । यस वर्ष नेपाली क्रिकेटका लागि मिश्रित समय रह्यो । वैशाखमा मलेसिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय क्रिकेट शृङ्खलाका रूपमा ऐतिहासिक उपाधि हात पारेर वर्षको सुरुआत शानदार ढङ्गले ग¥यो । नेपालले तीन देश सहभागी टी–२० अन्तर्राष्ट्रिय शृङ्खला जितेको यो पहिलो पटक हो । त्यसपछि विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालको प्रदर्शन उतारचढावको रह्यो । नेपालमा घरेलु टिमले अमेरिकालाई दुवै खेलमा हराए पनि ओमानसँग दुवै खेलमा पराजित भयो । विश्व क्रिकेट लिगअन्तर्गत नै युएईमा नेपालको प्रदर्शन यस्तै पचास प्रतिशत जितहारको रह्यो । नेपालले पपुआ न्युगिनीलाई दुवै खेलमा पराजित ग¥यो भने युएईसँग दुवै खेलमा पराजित भयो ।

त्यसपछि नेपालले घरेलु मैदानमा पीएनजीसँगको दुई खेलको एकदिवसीय शृङ्खलामा ह्वाइटवास भयो तर लगत्तै मलेसिया र पीएनजी सामेल टी–२० मा च्याम्पियन बनेर यो निराशा मेटायो । यस वर्ष नेपाली क्रिकेटका लागि सबभन्दा दुःखद क्षण टी–२० विश्वकपको सँघारमा पुगेर पनि छनोट हुन नसक्नु रह्यो । आईसीसी ग्लोबल टी–२० विश्वकप छनोटमा समूह चरणका तीन खेल जितेर समूह विजेताको हैसियतमा नकआउट चरणमा पुगेपछि फाइनलमा रूपान्तरित खेलमा संयुक्त अरब इमिरेट्ससँग हारेपछि नेपाल विश्वकप टी–२० २०२२ खेल्ने अवसरबाट वञ्चित भएको थियो ।

फ्रेञ्चाइ लिग क्रिकेट एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा खेल्न विश्व क्रिकेटका सुपरस्टार शाहिद आफ्रिदी, बङ्गलादेशका तामिम इकबाल, श्रीलङ्काका उपुल थाराङ्गा, जिम्बाब्वेका सिकन्दर राजा, अफगानिस्तानका मोहम्मद शाहजाद, दक्षिण अफ्रिकाका रिचर्ड लेभी, वेस्टइन्डिजका केसरिक विलियम्सजस्ता खेलाडी नेपाल आउनु पनि नेपाली खेलकुदमा उल्लेखनीय क्षण रह्यो । महिला क्रिकेटमा नेपाल फाइनलमा रूपान्तरित खेलमा युएईसँग पराजित भएपछि महिला टी–२० विश्व ग्लोबल छनोटमा चयन हुन सकेन ।
अन्य खेलमा १३औँ सागले नेपाली महिला भलिबल अब सही दिशातर्फ लम्किँदै छ भन्ने प्रस्ट पारेको थियो । नेपाली महिला भलिबल टिमले यो वर्ष एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेर आफ्नो क्षमता अन्तर्राष्ट्रिय स्तरमा देखायो । नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो ।

एसियाकै तेस्रो ठूलो रेस इभेन्टको रूपमा रहेको यूटीएमबी ट्रायल ११० किलोमिटरको रेसमा नेपालकी सुनमाया बुढा आफ्नो क्याटोगोरीमा च्याम्पियन हुनुभयो । सानुमाया अन्तर्राष्ट्रिय ट्रायल दौडमा नयाँ नाम हुनुहुन्छ । थाइल्यान्डमा सानुमायाले उपाधि जित्ने क्रममा नेपालकी सुपरस्टार ट्रायल धाविक मीरा राईलाई दुई घण्टाले पछाडि पार्नुभएको हो । मीराले दोस्रो स्थान हासिल गर्नुभयो । बङ्गबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपालकी पुष्पा भण्डारीले जितेको कांस्य पदक पनि उल्लेखनीय रह्यो ।

नेपालका प्रिन्स दाहाल विश्व जुनियर पुरुष ब्याडमिन्टनको वरीयतामा शीर्ष स्थानमा उक्लनुभयो । नेपाली खेलाडीले कुनै पनि खेलको विश्व वरीयतामा पहिलो स्थान बनाएको यो पहिलो पटक हो । बक्सिङमा तीन कांस्य एएसबीसी जुनियर तथा युथ ब्वाइज एन्ड गल्स बक्सिङ प्रतियोगितामा दुबईमा भएकोमा छिरिङ वाङ्दी शेर्पा, स्वस्तिका निरुवा र नारिका राईले पदक जित्नुभयो । नेपाली खेलकुद विवादैविवादको क्षेत्र पनि हो । यस वर्ष पनि नेपालका फुटबल प्रशिक्षक अब्दुल्ला अल्मुताइरीको अखिल नेपाल फुटबल सङ्घसँगको विवाद, नेपाली क्रिकेटरको ग्रेडिङ विवाद, टोकियो ओलम्पिकमा गोपिचन्द्र पार्कीले पहिले सूचीमा रहेर पनि ओलम्पिकमा सहभागिता जनाउन नपाउनु र राखेप सदस्यसचिव पदका लागि रमेश सिलवाल र टङ्कलाल घिसिङको मुद्दाले नेपाली खेलकुदमा हलचल नै मच्चाए ।

यसैगरी यो वर्ष नेपालले केही कोरोना र केही अन्य रोगले थुप्रै खेलकर्मी पनि गुमायो । नेपाली खेलकुदमा एउटा ठूलो नाम रुक्मशमशेर राणाको यसै वर्ष निधन भयो । उहाँ राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटी (एनओसी)का पूर्वअध्यक्ष, तेक्वान्दो सङ्घ, अखिल नेपाल फुटबल सङ्घ, नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष हुनुहुन्थ्यो । यसैगरी नेपाल बास्केटबल सङ्घका पूर्वअध्यक्ष तथा राखेपका पूर्वउपाध्यक्ष लामा टेन्डी शेर्पा र नेपाल बुद्धिचाल सङ्घका पूर्वअध्यक्ष राजेशहरि जोशी पनि रहनुभएन । कुस्ती प्रशिक्षक विद्यासागर पोखरेलको पनि निधन भयो । फुटबल रेफ्री लव खत्रीले पनि संसार छोड्नुभयो । कोरोना सङ्क्रमणले क्योकुसिन कराँते प्रशिक्षक रामजीप्रसाद वज्राचार्य, फुटबल प्रशिक्षक विल तामाङ, तेक्वान्दोका प्रशिक्षक दीपक खवास पनि रहनु भएन । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?