गोदावरी–फूलचोकी संरक्षण क्षेत्र घोषणाको तयारी
लक्ष्मीप्रसाद उपाध्याय
भाद्र ३१, २०७८ बिहीबार
सर्वाेच्च अदालतको पूर्ण इजलासले आदेश दिएको छ वर्षपछि काठमाडौँ उपत्यकाको गोदावरी–फूलचोकी क्षेत्रलाई सरकारले संरक्षण क्षेत्र घोषणा गर्ने तयारी गरेको छ ।
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरू सुशीला कार्की, गोविन्दकुमार उपाध्याय र जगदीश शर्मा पौडेलको पूर्ण इजलासले २०७२ साल वैशाख ३ गते पर्यावरणीय संरक्षणका दृष्टिले अति महìवपूर्ण गोदावरी– फूलचोकीलाई एक वर्षभित्र संरक्षित क्षेत्र घोषणा गरी त्यहाँको प्राकृतिक...