किसानलाई तत्काल राहत प्याकेज प्रस्ताव
लक्ष्मीप्रसाद उपाध्याय
कार्तिक ५, २०७८ शुक्रबार
पछिल्ला वर्षमा सुक्खा, खडेरी, अनावृष्टि, अतिवृष्टिलगायतका घटनाका कारण प्राकृतिक विपत्ति बढ्दा धनजनको क्षति हुन थालेपछि तत्काल स्रोतको जोहो र परिचालन गर्न सरकारले विपत् व्यवस्थापन कोष स्थापना गर्ने भएको छ ।
अकस्मात् हुने विपत्तिबाट सिर्जित समस्याहरूको व्यवस्थापन गर्न स्थायी र दीर्घकालीन स्रोतको रूपमा कोषलाई प्रयोग गर्ने गरी कोषको व्यवस्था गर्न थालिएको हो । मनसुन बाहिरी सकेको अवस्थामा यो वर्ष अकस्मात् भारी वर्षा...