चुरे संरक्षणको मुद्दा
लक्ष्मीप्रसाद उपाध्याय
जेष्ठ २९, २०७८ शनिबार
विश्वका अरू मुलुकमा लोप भइसकेका र सङ्कटापन्न अवस्थामा रहेका वन, वनस्पति तथा वन्यजन्तुका लागि नेपाल अझै सुरक्षित मानिन्छ । एकसिङे गैँडा, पाटे बाघ, हात्ती, हिउँ चितुवा, रेडपाण्डा, स्वच्छ पानीमा पाइने डल्फिन तथा गोही लगायत विभिन्न प्रजातिका वन्यजन्तु, यार्सागुम्बा, पाँचऔँले, जटामसीजस्ता वनस्पति तथा दर्जनाँै दुर्लभ पक्षीहरू नेपालमा अझै पनि पाइन्छ । तराई, पहाड र हिमालको फरक भौगोलिक विविधतामा फरक जैविक विविधता पाइनु नै...