फ्रान्स–चीन ढुवानी रेल सेवा शुरु
रासस / सिन्ह्वा
जेष्ठ २१, २०७८ शुक्रबार
चीन र युरोपबीच फ्राइट (सामान ढुवानी)का लागि नयाँ रेल सेवा बुधबार शुरु भएको छ । यो सेवा शुरु भएसँगै चीनको उत्तरी प्रान्त साङ्सी र फ्रान्सबीच सोझो रेल सेवा सम्पर्क स्थापित भएको छ । पचास वटा कन्टेनर लोड गरिएको रेल मध्य साङ्सी प्रान्तबाट बुधबार फ्रान्सको राजधानी पेरिसका लागि प्रस्थान गरेको थियो । यो रेलले करिब ११ हजार किलोमिटरको दुरी तय गर्नेछ ।
यो रेल मङ्गोलिया, रसिया, बेलारुस, पोल्यान्ड र जर्मनी हुँदै करिब २० दिनमा फ्रान्स...