logo
२०८१ पुष २५ बिहीवार



सोमालियामा खाद्य संकट, २७ लाखभन्दा बढी मानिस प्रभावित

अन्तर्राष्ट्रिय |


सोमालियामा खाद्य संकट, २७ लाखभन्दा बढी मानिस प्रभावित
तस्विर-केयर


संयुक्त राष्ट्रसंघ, जेठ २१ गते।
सोमालियमा खडेरीका कारण खाद्य संकट परेको छ । समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खा पन भएको र जसका कारण २७ लाखभन्दा बढी मानिस प्रभावित भएका बताइएको छ ।
सोमालियामा रहेको मानवीय सहायतासम्बन्धी निकायले खाद्य संकटबारे जानकारी दिएको छ । मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय ९ओसिएचए० का अनुसार सोमालियामा खडेरीका कारण नागरिक प्रभावित भएका हुन् । यसै वर्षको अप्रिलदेखि सेप्टेम्बर सम्ममा ती नागरिकलाई खाद्य संकट पर्ने जनाइएको छ । आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएकोले खाद्यान्न उत्पादन हुन सकेको छैन त्यसैले उनीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने जनाइएको छ ।
सोमालियाको सरकारले यही अप्रिल २५ तारिखका दिन संयुक्त राष्ट्रसंघीय अधिकारीहरुसँग परामर्श गरी खडेरीका कारण खाद्य संकट पर्न गएको घोषणा गरिएको थियो । सोही कारण संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरुलाई आग्रह पनि गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?